काठमाडौं । नेपाली सेनाले २८० जना सहायक सेनानी/उपसेनानी पदमा भर्ना खुलाएको छ । यसका लागि आज भदौ ७ गतेदेखि असोज ५ गतेसम्म दरखास्त दिन सकिने छ ।
नेपाली सेनाले आज प्रकाशित गरेको सूचना अनुसार असोज ६ गतेदेखि १२ गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त बुझाउन सकिने छ । सूचनाअनुसार खुलातर्फ १४७, आदिवासी जनजाति कोटामा ३८, मधेशी कोटामा ३३, दलित कोटामा १८ र पिछडिएको क्षेत्रका लागि ६ जनाका लागि भर्ना खुलेको छ ।
यसैगरी सैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका वा शारीरिक रुपमा अशक्त नेपाली सैनिकका सन्ततिका लागि १४ सिट छुट्याइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया