काठमाडौं । भारतको उत्तरखण्ड राज्यको केदारनाथ नजिकै गएको पहिरोमा परी चार नेपाली मजदुरको मृत्यु भएको छ ।
बिहीबार राति परेको अविरल वर्षाका कारण केदारनाथ नजिक रहेको वर्षाको पानी जम्मा गर्ने ताल (खाट गडेरे) नजिकै पहिरोमा पुरिएर चार जना मजदुरको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा तुल बहादुर, पूर्ण नेपाली, किशन परियार र चीकु बोहरा छन् । विस्तृत विवरण आउन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया