काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकनको नतिजा सार्वजनिक गरेको छ ।
आर्थिक वर्ष २०७९/०८० स्थानीय तह (गाउँपालिका/नगरपालिका) को कार्यप्रक्रिया र उपलब्धीको लेखाजोखा गरी स्वमूल्यांकनको नतिजा सार्वजनिक गरेको हो ।
जसअनुसार शासकीय प्रक्रिया र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरु पहिचान गर्ने, आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबीच स्वस्थ प्रतिष्पर्धाको भावना जागृत गराउने उदेश्य रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गुणस्तर परीक्षणपश्चात कायम भएको स्वमूल्यांकनको अन्तिम नतिजा सार्वजनिक गरिएको हो ।
कुन गाउँपालिका र नगरपालिकाले पाए कति अंक ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया