मर्स्याङ्दीमा खसेको बसका सबै यात्रु भारतीय, पोखरामा दुई दिन बसेर काठमाडौं आउँदै थिए

लोकपथ
364
Shares

काठमाडौं । तनहुँको आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्र्याङ्दी नदीमा खसेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बसमा सवार सबै यात्रु भारतीय नागरिक भएको प्रहरीले जनाएको छ ।

यो समाचार लेख्दासम्म १४ जनाको शव भेटिएको छ । अन्य १६ जना घाइतेलाई उद्धार गरेर अस्पतालतर्फ पठाइएको छ । सो बसमा चालक र सहचालकसहित ४१ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।

कास्की प्रहरी प्रमुख मोहन थापाका अनुसार, भारतको गोरखपुरबाट भदौ ५ गते पोखरा आएर उनीहरु मझेरी रिसोर्टमा बसेका थिए । बुधबार र बिहीबार सो रिसोर्टमा बसेर उनीहरू शुक्रबार बिहान काठमाडौंका लागि हिँडेका थिए । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले उद्धार कार्य जारी राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?