काठमाडौं । विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुर मुद्दाका फरार एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोदावरी नगरपालिका–७ घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका–९ बस्ने ३७ वर्षीय राज कुमार तिमल्सिना रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले तिमल्सिनालाई कागेश्वरी मनोहराबाट बुधबार पक्राउ गरेको हो ।
प्रहरीका अनुसार तिमल्सिना काठमाडौं जिल्ला अदालतबाट गत असार ५ गते पक्राउ अनुमति जारी भई फरार रहेका थिए ।साथै उनी प्रहरी वृत्त जगाती भक्तपुरमा बैंकिङ कसुर मुद्दामा समेत फरार रहेको प्रहरीको अनुसन्धानको क्रममा खुल्न आएको छ ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि साइबर ब्यूरो भोटाहिटी काठमाडौं पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया