ज्योति विकास बैंक र ट्रान्क्यूलिटी स्पाबीच छुट सम्म्झौता

लोकपथ
35
Shares

काठमाडौं । ज्योति विकास बैंक र ट्रान्क्यूलिटी स्पाबीच सम्झौता भएको छ । ज्योति विकास बैंकका ग्राहकहरुलाई ट्रान्क्यूलिटी स्पाको सेवामा ३० प्रतिशत सम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धि सम्झौता भएको हो ।

यस सम्झौता अनुसार ज्योति विकास बैंकका ग्राहकहरूले ट्रान्क्यूलिटी स्पाका देशभर रहेका १७ वटै आउटलेटहरूको हरेक सेवा तथा सुविधाहरूमा ३० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

साथै, Tranquility Wellness Card (TWC) धारक ज्योति विकास बैंकका ग्राहकहरूले ब्युटी सैलून सेवाहरूमा ४० प्रतिशत छुट र स्पा, मसाज, स्टिम, साउना, जकुजी तथा अन्य सेवाहरूमा ६० प्रतिशत सम्मको विशेष छुट प्राप्त गर्ने अवसर पाउनेछन्।

ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?