बस दुर्घटना अपडेट : मृतक संख्या १८ पुग्यो

लोकपथ
105
Shares

काठमाडौं । पोखराबाट काठमाडौं आउँदै गरेको भारतीय बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

तनहुँको आँबुखैरेनीस्थित ऐनापहराबा मर्स्याङ्दी नदीमा खसेको थियो ।

हाल नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको समेत सहयोगमा उद्धारको काम भइरहेको छ ।

हालसम्म १८ जनाको शव निकालिएको उद्धारमा खटिएका विपद् व्यवस्थापन तालिम केन्द्र कुरिन्टारका प्रमुख एसएसपी माधव पौडेलले लोकपथलाई जानकारी दिए ।

उनका अनुसार २१ जना घाइतेको उद्धार गरी उपचारका लागि पठाइएको छ ।

यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बसमा सवार सबै यात्रु भारतीय नागरिक भएको प्रहरीले जनाएको छ ।

सो बसमा चालक र सहचालकसहित ४१ जना यात्रु सवार रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?