काठमाडौं । हिमाली जिल्ला मुस्ताङमा हिम पहिरोको जोखिम देखिएको छ ।
मुस्ताङको बोक्सेखोलामा हिमपहिरो आइ थुनिएको जिल्ला प्रशासन कार्यालय मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीले लोकपथलाई जानकारी दिए ।
उनका अनुसार हालसम्म कुनै मानवीय तथा भौतिक क्षति भने भएको छैन ।
थासाङ गाउँपालिका–२ मा हिमपहिरो आइ बोक्से खोला थुनिएको र त्यो फुट्नसक्ने जोखिम रहेको बताए । अहिले सुरक्षाकर्मी खोला थुनिएको स्थलमा पुगेको उनले बताए ।
‘हिमपहिरो आएर खोला थुनिएको छ । हालसम्म कुनै मानवीय र भौतिक क्षति भने भएको छैन, सुरक्षाकर्मीको टोली त्यहाँ पुगेका छन्,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया