समितिले लियो रवि लामिछानेसँग बयान

लोकपथ
343
Shares

काठमाडौं । सहकारी ठगी प्रकरणको छानबिनका लागि गठित संसदीय विशेष समितिले रास्वपा सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेसँग बयान लिएको छ ।

आज समितिले लामिछानेसँग बयान लिएको हो ।

सहकारी ठगी प्रकरणमा लामिछाने मुछिएको भन्दै समितिले छानबिनका लागि बोलाएको थियो ।

गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रहेका र उक्त कम्पनीले विभिन्न सहकारीका करोडौँ ठगेको आरोप लागेको छ । त्यसो त उक्त कम्पनीका सञ्चालक जीबी राई भने फरार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?