चाडपर्वको समयमा खाद्यान्नको अभाव हुने छैन : मन्त्री भण्डारी

लोकपथ
56
Shares
फाइल तस्बिर

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चाडपर्व र अन्य समयमा खाद्यन्नको अभाव नहुने बताएका छन् ।  शुक्रबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले नयाँ करका दरहरु हेरफेर हुँदा बजारमा मूल्यको प्रभाव परेपनि खाद्यान्न वस्तुको अभाव नहुने बताएका हुन् ।

उनले भने, ‘चाडपर्वलाई विशेष लक्षित गरेर अहिलेको अत्यावश्यक र दैनिक खाद्य तथा उपभोग्य वस्तुहरुको अभाव हुने छैन । मूल्य श्रृखंला यतिखेर जुन स्तरमा छ । खासगरी चालु आर्थिक वर्षको बजेटको आसपासमा छ । बजेट आइसकेपछि बजेटका दरमा करहरु सरकारले निर्धारण गर्छ । कर निर्धारण भइसकेपछि त्यसको केही असर बजारमा जान्छ नै त्यसले गर्दा थोरै मूल्य त्यसको दबाबमा पर्नु स्वभाविक हो ।’

साथै उनले खुला सीमाका कारण नेपाली बजारमा प्रभाव परिरहेको बताए ।  उनले खुला सिमाना निगरानी, अनुगमन र प्रणालीमा सुधार गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?