यी हुन् मर्स्याङ्दी बस दुर्घटनामा पर्ने भारतीय नागरिकहरु (नामावलीसहित)

१२ जनाको टिचिङ र ९ जनाको स्थानीय अस्पतालमा उपचार हुँदै

लोकपथ
616
Shares

काठमाडौं । पोखराबाट काठमाडौं आउँदै गरेको भारतीय बसमा सवार सबै भारतीय नागरिक रहेको खुलेको छ ।

शुक्रबार दिउँसो भारतीय नम्बर प्लेटको गाडी आँबुखैरेनीको ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको थियो ।

बस दुर्घटनामा हालसम्म १८ जनाको मृत्यु भएको छ । भने २१ जना घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार १२ घाइतेको काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा उपचार भइरहेको छ भने अन्य ९ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

उक्त बसमा ४३ जना सवार रहेको प्रहरीले जनाएको छ ।

गोकर्णी सरोडे, हेमराज सरोडे, रुपाक्षी सरोडे, अनुप सरोडे, गणेश भांरबे, मिलन भांरवे, सुलभा भांरवे, बिजसा जावसे, भारती भिरुक, शारदा पाटीह, नित्ठोमा जावरे, कुमुदिनी झाँवर, धानेन्दधर बोड, आशा बोड, आशा बावस्कर, आशाखा पांडुरंग लगायत रहेका छन् ।

यस्तो छ दुर्घटनामा परेको बसमा सवार भारतीको नामावली :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?