काठमाडौं । नरेश भाट विगत केही हप्तादेखि आफ्नी श्रीमती ममता बेपत्ता भएको भन्दै मिडियाहरुमा आएर बोलिरहेका थिए । तर, अदालतका कागजातहरू अनुसार उनको हत्या गरी शव लुकाएको आरोपमा नरेश शुक्रबार बिहान न्यायाधीशसामु हाजिर भए ।
मानासस पार्क र प्रिन्स विलियम काउन्टीका अधिकारीहरूले दुई दिनसम्म अनुसन्धान गरेपछि नरेशलाई बिहीबार उनको घरबाट हिरासतमा लिएका थिए, पछि उनलाई शव लुकाएकोमा अभियोग चलाइयो, जसलाई भर्जिनियाको कानुनले जघन्य अपराध मान्छ ।
जुलाई ३० वा आससापमा आफूभन्दा तीन वर्षृ कान्छि श्रीमतीको हत्यापछि शव बाहिर निकाल्नु अघिको दृश्यलाई अभियोजनकर्ताहरुले अदालतमा एक दृश्यमा चित्रित गरेका थिए ।
घरको खानतलासीका क्रममा प्रहरीले बेडरूममा रगतको पोखरी फेला पारेको थियो जुन बाथरूम र बाथटबसम्म थियो । यद्यपि, त्यसको डीएनए परीक्षण भइसकेको छैन।
तर, प्रतिवादी पक्षले नरेशसँग हिंसाको इतिहास नभएको तथा उनको अपराध प्रमाणित गर्न पर्याप्त प्रमाण वा नरेशको स्वीकारोक्ति नभएको तर्क गरेका छन् ।
न्यायाधीशले उनको जमानतको सर्तहरू परिवर्तन नगर्ने निर्णय गरेका छन् । जसको अर्थ नरेश प्रहरी हिरासतमै रहनेछन् । उनलाई सोमबार धरौटी सुनुवाइमा उपस्थित गराइने छ ।
मनसास पार्क प्रहरी अधिकारीहरूले ममता काफ्ले भाटको मृत्यु भइसकेको अनुमान गरे पनि घटनामा हत्याको अभियोग भने सार्वजनिक गरेका छैनन् । न त प्रहरीसँग शव नै छ । प्रतिवादीका वकिलहरुले नरेशलाई अपराध अभियोगमा हिरासतमा राख्न पर्याप्त प्रमाण नभएको भन्दै अदालतले आदेश दिएमा पासपोर्ट फिर्ता गर्न र जिपिएस निगरानीमा रहन तयार रहेको बताएका थिए ।
नरेशले ममतालाई जुलाई ३१ मा अन्तिम पटक देखेको बताउँदै प्रहरीमा अगस्ट ५ मा हराइरहेको रिपोर्ट गरेका थिए । प्रहरी अनुसन्धानले ममतालाई अन्तिम पटक जुलाई २८ मा देखेको र जुलाई २९ मा पछिल्लो पटक सम्पर्क भएको खुलासा गरेको थियो ।
युवीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरका सहकर्मीहरूले ममतालाई कल्याण जाँचको लागि बोलाएपछि प्रहरीले अगस्ट १ मा दम्पतीको घर निरीक्षणका लागि पुगेको थियो ।
नरेशले सुरुमा प्रहरीलाई अगस्ट १ मा चेकअपको क्रममा आफू न्युयोर्क वा टेक्सासमा आफन्तहरूलाई भेट्न गएको बताएको थिए, र तर त्यहाँ उनीहरुको कुनै आफन्त नरहेको समेत खुल्न आएको छ ।
त्यस्तै नरेशले ममता बेपत्ता हुनुअघि उनले फोन नष्ट गरेको बताएका थिए । साथै अभियोजकहरुले अगस्ट १ मा मृत्यु नभएसम्म २९ सम्मको तथ्य पत्ता लागेको दाबी गरिएको छ ।
त्यस्तै अनुसन्धानका क्रममा नरेशले मार्टबाट तीनवटा चक्कुहरु किनेको र जुलाई ३१ मा लाउडौन काउन्टी वालमार्टमा सफाई आपूर्तिहरू खरिद गरेको देखियो। सरकारी वकिलले तीनमध्ये दुईवटा चक्कु नभेटिएको अदालतलाई बताए ।
त्यस्तै अनुसन्धानको क्रममा उनको घरको विकृत र अराजक दृश्यको समेत बयान गरेका थिए । जहाँ सुटकेसहरु प्याक गरिएको र ह्याङ्गरबाट विभिन्न वस्तुहरु हराइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै नरेशले गत अगस्ट १९ मा आफ्नो टेस्ला गाडी समेत बेचेको तथ्य खुलेको छ । त्यस्तै २ साक्षीहरुले उनको घर बेच्न लागेको प्रहरीलाई बताएका थिए ।
ममताको हत्याको विषयमा नेपालमा चासोका साथ हेरिएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया