काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीज जस्ता चाडहरुले नेपाली समाजलाई एक सूत्रमा बाध्ने काम गरेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित बृहत तीज विशेष कार्यक्रममा उनले आउँदै गरेको तीजको शुभकामना दिँदै यस्ता चाडहरुले नेपाली समाजमा थुप्रै सामाजिक महत्त्व बोकेको बताए ।
उनले भने, ‘सबैलाई तीजको शुभकामना दिन चाहन्छु । यो सामाजिक उत्तरदायित्व पनि बोकेर आएको चाड हो । यस्ता चाडहरूको नेपाली समाजमा थुप्रै सामाजिक महत्वहरू छन् । यस्ता चाडहरुले साँच्चै नेपाली समाजलाई एक सूत्रमा बाध्ने काम गरेको छ । नेपाल यस्तै सभ्यताको देश हो ।’
यस्तै, उनले यस्ता चाडहरुले मानिसको जीवनमा ऊर्जा, प्रेरणा र हौसला पैदा गर्ने भन्दै यसको संरक्षण गर्नुपर्ने बताए ।
उनले भने, ‘नेपाली समाजमा अश्लीलता फैलाउन खाजेपनि नेपाली समाज त्यस्तो बाटोमा जाने समाज होइन । यस्ता चाडहरुले मानिसमा एउटा जीवनको ऊर्जा, प्रेरणा र हौसला पनि पैदा गर्छ । हामीले हाम्रो देशलाई, समाजलाई माया गर्नुपर्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया