नवलपुरमा थपिए दुई सय उद्योग

लोकपथ
42
Shares

नवलपरासी ।  आर्थिक वर्ष २०८०/८१ मा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा दुई सय ६ उद्योग थपिएका छन् । जिल्लामा पाँच सय ६८ उद्योगको नवीकरण गरिएको छ । 

पर्यटन तथा उद्योग कार्यालय नवलपुर, नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का कार्यालय प्रमुख प्रभाकर घिमिरेले नवलपुरमा वन तथा पर्यटन उद्योगसँग सम्बन्धित उद्योग थपिने क्रम बढ्दो रहेको बताए । सोही आवमा जिल्लामा एक सय ४८ उद्योगले लगत कट्टा गरेका थिए । हाल जिल्लामा ६ हजार ६ सय ९१ उद्योग कायम रहेका उनले जानकारी दिए । 

गत आवमा उद्योग दर्ता तथा नवीकरणबाट कार्यालयले  १९ लाख ८३ हजार राजस्व संकलन गरेको प्रमुख घिमिरेले बताए । यसै गरी, आव २०८०/८१ मा जिल्लामा वाणिज्यतर्फ दुई सय ९८ व्यवसाय दर्ता भएका छन् । सो अवधिमा आठ सय ९९ व्यवसायीले व्यवसाय नवीकरण गर्दा दुई सय ६ व्यवसायको लगत कट्टा गरिएको छ । जिल्लामा गत आवसम्म आठ हजार पाँच सय सात व्यवसाय कायम रहेको उनले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?