रामेछाप । दोरम्बाको शैलुङ गाउँपालिका–३ मा शनिबार राति पहिरोले तीन घर पुरिँदा मृत्यु भएका ६ जनाकै सनाखत भएको छ । चार जना भने बेपत्ता छन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार, पहिरोमा परी मृत्यु हुनेमा ३० वर्षीया चण्डिका श्रेष्ठ र निजका १८ महिनाका छोरा आयुष, ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीय सन्दिप पहरी, ११ वर्षीया सन्तोष पहरी र १४ वर्षीय विज्ञान पहरी छन् ।
११ वर्षीया अञ्जना श्रेष्ठ गम्भीर घाइते भएकी छन् । उनको कम्मरभन्दा मुनिको भाग चलेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया