काठमाडौं । साफ यु–२० च्याम्पियनसिपअन्तर्गत घरेलु टोली नेपाल फाइनलमा पुगेको छ । भुटानलाई हराउँदै नेपालले उपाधि भिडन्त पक्का गरेको हो ।
खेलको निर्धारित समय १–१ मा सकिएको अवस्थामा नतिजाको छिनोफानो पेनाल्टी सुटआउटबाट गरिएको थियो । त्यसमा नेपालले आफूलाई अब्बल सावित गर्दै भुटानलाई ४–१ को नतिजासहित फाइनलमा पुगेको हो ।
भुटानका लागि जेत्सुएन दोर्जेले ५५ औँ मिनेटमा गोल गरेका थिए । उनले डी बक्सबाहिरबाट फस्ट बार च्यापेर गरेको प्रहार गोल भएको थियो ।
७८ औँ मिनेटमा नेपालका निराजन धामीले गोल गरे । उनले एयर बलमा डीबक्सभित्रबाट हेडमार्फत गोल गर्दै नेपालले उपाधि भिडन्त पक्का गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया