काठमाडौं । गत भदौ ७ गते शुक्रबार तनहुँको ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको बस सोमबार बिहान निकालिने भएको छ ।
भोलि बहान साढे ६ बजेबाट नदीबाट सडकमा बस निकाल्न लागिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।
जिप्रकाका अनुसार बिहान साढे ६ बजेबाट १० बजेसम्म ठुला मेसिनको प्रयोग गरेर बस निकाल्ने तयारी भएका कारण उक्त मार्ग भइ चल्ने सवारी पूर्णरुपमा बन्द गरिनेछ ।
शुक्रबार पोखराबाट काठमाडौं आइरहेको भारतीय नम्बरप्लेटको बस ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको थियो । त्यसमा ४३ जना सवार रहेकोमा २७ जनाको मृत्यु भएको छ । भने बाँकीको उपचार भइरहेको छ । मृतकहरुको शव भारत लगिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया