प्रधानमन्त्री ओलीले गरे जिल्ला प्रहरी परिसर काठमाडौंको नयाँ भवन उद्घाटन

लोकपथ
119
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवनको उद्घाटन गरेका छन् ।

सोमबार बिहान भद्रकालीमा एक विशेष समारोहकाबीच प्रधानमन्त्री ओलीले उक्त भवनको उद्घाटन गरेका हुन् ।

यसअघि टेकुमा अस्थायी रुपमा रहेको कार्यालय सुविधासम्पन्न भवन निर्माण गरी भद्राकाली सारिएको हो ।

सो समारोहमा प्रधानमन्त्री ओलीसहित गृहमन्त्री रमेश लेखक लगायत उच्च पदस्थ व्यक्तिहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?