काठमाडौं । दोस्रो आइसिसी इमर्जिङ एशिया बैंकिङ अवार्ड अन्तर्गतको बेस्ट इन डिजिटल बैंकिङ अवार्ड एनआईसी एशिया बैंकले प्राप्त गरेको छ ।
‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ सेवाहरू क्रमिक रूपले डिजिटल माध्यममा रूपान्तरण गरिरहेको यस बैंकलाई प्राप्त उक्त पुरस्कारले डिजिटल बैंकिङ मा अझ बढी उत्प्रेरणा प्रदान गरेको छ ।
इन्डियन चेम्बर अफ कमर्सको दोस्रो आइसिसी इमर्जिङ एशिया बैंकिङ अवार्ड अन्तर्गत २०२४ अगष्ट २३ मा भारतको नयाँ दिल्लीमा आयोजना गरिएको ‘बैंकिङ कनक्लेभ २०२४’ कार्यक्रममा यस बैंकलाई उक्त अवार्ड प्रदान गरिएको थियो । यस अवार्डमा विमस्टेक अन्तर्गतका राष्ट्रहरू नेपालसहित भारत, श्रीलंका, भुटान, म्यानमार लगायतका देशहरुका बैंकहरुले प्रतिस्पर्धा गरेका थिए ।
यस अवार्डमा उत्कृष्ट बैंक छनौट गर्नका लागि इन्डियन चेम्बर कमर्स अन्तर्गतको आर्थिक मामिला तथा नीति विभागले विभिन्न १७ वटा सूचकहरु निर्धारण गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया