गरिमा विकास बैंक ‘द बेस्ट ईन एसेस्ट क्वालिटी’ अवार्डबाट सम्मानित

लोकपथ
35
Shares

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड ‘द बेस्ट ईन एसेस्ट क्वालिटी’ अवार्डबाट सम्मानित भएको छ ।

भारतीय चेम्बर अफ कमर्सद्वारा भारतको नयाँ दिल्लीमा आयोजित दोस्रो इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ र अवार्ड कार्यक्रममा गरिमा सम्मानित भएको हो ।

उक्त प्रतिस्पर्धामा बिम्स्टेकमा आवद्ध राष्ट्रहरु नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटान र म्यानमारका बैंक तथा वित्तीय संस्थाहरुको सहभागिता रहेको थियो । कर्जा तथा अन्य लगानीको गुणस्तर उत्कृष्ट रहेका बैंक तथा वित्तीय संस्थाहरुले प्राप्त गर्ने उक्त अवार्डको प्राप्तिसँगै गरिमा विकास बैंकले प्रवाह गर्ने कर्जा तथा अन्य लगानीको गुणस्तर उत्कृष्ट रहनुका साथै सुरक्षित समेत रहेको संकेत गरेको बैंकको दाबी छ । कार्यक्रममा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र ट्रान्जेक्सन बैंकिङ्ग ईकाई प्रमुख नकुल पौडेलको उपस्थिति रहेको थियो ।

सो अवसरमा आयोजित मूल्य श्रृंखला भर ड्राइभिङ दक्षता विषयक प्यानल छलफल कार्यक्रममा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय विकास बैंकर्स संघ, नेपालको समेत प्रतिनिधित्व गरी वक्ताको रुपमा सहभागी रहेका थिए ।

सो कार्यक्रममा उनले नेपालको बैंकिङ परिदृष्य, बैंकमा प्रविधिको प्रयोग र आगामी चुनौतीको सम्बन्धमा आफ्नो धारणा समेत प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा गरिमाका सीईओ उपाध्यायसँगै बैंक अफ भुटानका प्रमुख कार्यकारी अधिकृत दोर्जी कादिन, स्टेट बैंक अफ इन्डियाका चिफ जनरल म्यानेजर राजिव रञ्जन प्रसाद र न्यूजेन सफ्टवेयर टेक्नोलोजी प्रालिका उपाध्यक्ष तथा दक्षिण एशिया व्यवसाय प्रमुख सुनिल पण्डिता मुख्य वक्ताको रुपमा रहेका थिए ।

बैंकले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५० वटा ब्त्ः मार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?