प्रसूति गृहबाट ३० हजार महिलाले सेवा लिए

लोकपथ
105
Shares

काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले आर्थिक वर्ष २०८०/८१ मा कुल ३० हजार नौ सय ५२  महिलाले सेवा लिएका छन् । प्रसूतितर्फ २५ हजार एक सय १६ तथा स्त्री रोगतर्फ पाँच हजार आठ सय ३६ जनाले अस्पतालबाट सेवा लिएका थिए ।   

अस्पतालले आज ६५औँ वार्षिकोत्सव मनाएको छ । सो अवसरमा यहाँ आयोजना गरिएको कार्यक्रममा अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले गत आवमा नवजात शिशु सघन उपचारतर्फ दुई हजार सात सय ८७ र मातृ सघन उपचारतर्फ चार सय ५४ जना भर्ना भएका जानकारी दिए । बहिरङ्ग सेवातर्फ एक लाख ९४ हजार चार सय ९० जनाले सेवा लिएको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?