बागमती प्रदेशमा राजस्व संकलन ९ अर्ब घट्यो

लोकपथ
14
Shares

बागमती  ।   बागमती प्रदेशमा आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यभन्दा ९ अर्ब कम राजस्व संकलन भएको छ ।

बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आव २०८०/८१ मा लक्ष्यभन्दा  ९ अर्ब तीन करोड ३१ लाख २७ कम राजस्व संकलन भएको हो । 

प्रदेश सरकारले आव २०८०/८१ मा राजस्व बाँडफाँट शीर्षकबाट प्राप्त राजस्व, प्रदेश सरकारको आन्तरिक स्रोतबाट संकलित राजस्व र संघीय सरकारबाट प्राप्त अनुदान समेतबाट ४८ अर्ब २५ करोड ४३ लाख ७५ हजार राजस्व संंकलन हुने अनुमान गरिएकोमा तीन सबै शीर्षकबाट  ३९ अर्ब २२ करोड १२ लाख ४७ हजार मात्र राजस्व संकलन भएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलले जानकारी दिए । 

उनका अनुसार प्रदेश सरकारले सो आवमा राजस्व बाँडफाँटबाट  २६ अर्ब ६८ करोड ६८ लाख ४० हजार राजस्व संकलन हुने लक्ष्य लिएकोमा त्यसको ८१ दशमलव ८५ प्रतिशत अर्थात्  २१ अर्ब ८४ करोड २२ लाख मात्र राजस्व संकलन भएको छ । 

यस्तै प्रदेश सरकारको आन्तरिक स्रोतबाट  तीन अर्ब ७५ करोड ५२ लाख ३५ हजार राजस्व संकलनको लक्ष्य रहेकोमा लक्ष्यको ९७ दशमलव ५२ प्रतिशत अर्थात्  तीन अर्ब ६६ करोड २० लाख २० हजार राजस्व मात्र संकलन भएको सूचना अधिकारी पौडेलले बताए । संघीय सरकारबाट १७ अर्ब ८१ करोड २३ लाख अनुदान प्राप्त हुने अनुमान गरिएकोमा त्यसको ७७ दशमलव ०१ प्रतिशत अर्थात् १३ अर्ब ७१ करोड ७० लाख २६ हजार अनुदान प्राप्त भएको उनको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?