सुजुकीले सार्वजनिक गर्‍यो ‘सुजुकी पर्वोत्सव अफर’

लोकपथ
147
Shares

काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ ।

कम्पनीले यस वर्षको दशैँ तिहारभरिका लागी आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको हो ।

यो योजना अन्तर्गत ग्राहकले चार लाख रुपैयाँ सम्मको नगद छुट, १ वर्षको सवारी बीमा, बीस हजारसम्मको लोयल्टी बोनस, एक लाख रुपैयाँ सम्मको एक्सचेन्ज बोनस र सिट कभर सहितको एक्सेसरिजहरु पाउन सक्ने कम्पनीले जनाएको छ । कम्पनीले नाडा अटो शो लक्षित गरि अटो शोमा सुजुकीको सवारीखरिद गर्ने ग्राहकलाई स्क्र्याच कार्ड मार्फत थप दुई लाख रुपैयाँसम्मको छुट प्रधान गर्नेछ । यसमा केहि शर्तहरु लाग्ने कम्पनीले जनाएको छ ।

नाडा अटो शोमा सुजुकीले सार्वजनिक गरेको चौथो संस्करणको नयाँ एपिक स्विफ्ट, इलेक्ट्रिक कारमा जस्तै ५ वर्षको लागि शुन्य रनिङ्ग खर्च हुने गरी अफर पनि ल्याएको छ । यो अद्वितीय योजनाले नयाँ स्विफ्ट ग्राहकहरूले रनिङ खर्चको बोझ बिना ढुक्कको ड्राइभिङ अनुभव लिन सक्ने कम्पनीले जनाएको छ ।

यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३५ वटै सोरूमहरुमा पनि लागू हुनेछ । सुजुकीका विभिन्न मोडेलहरुका कारहरु बमोजिम फरक फरक हिसाबका छुटहरु लागू हुनेछन् । नाडा अटो शोमा सुजुकीले चौथो संस्करणको नयाँ एपिक स्विफ्ट पनि सार्वजनिक गरेको हो । नयाँ एपिक स्विफ्ट सँगै नाडा अटो शोमा सुजुकीका नयाँ एसयुभीहरु जिम्नी, फ्रोन्क्स, ग्रान्ड भितारा र नया ब्रेजा डिस्प्लेमा हुने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?