काठमाडौं । उर्जा जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले मुलुकको उर्जा क्षेत्रको विकासका लागि पूर्वमन्त्रीहरुसँग छलफल कार्यक्रम गरेका छन् ।
मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा पूर्वमन्त्रीहरुसँग छलफल गरेका हुन् । छलफलमा मन्त्री खड्काले मुलुकको सबैभन्दा ठुलो आयस्रोतका रुपमा लिन सकिने उर्जा क्षेत्रको विकासको तिब्रताको गतिलाई पूर्णता दिनुपर्ने बताए ।
थन्केर बसेको ठुला आयोजनाहरुलाई अगाडि बढाउनुपर्ने आवश्यक रहेको भन्दै पूर्वमन्त्रीहरुसँग छलफल मन्त्रालयलाई मार्गदर्शन प्रदान गर्ने विश्वास व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया