काठमाडौं । साफ यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको ट्रफि सार्वजनिक गरिएको छ । मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा साफ यु–२० च्याम्पियनसिपको ट्रफि सार्वजनिक गरिएको हो ।
साफ यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलको छिनोफानो टाई ब्रेकरबाट भएको थियो भने जसमा भुटानलाई ४–१ ले हराउँदै नेपालले फाइनलमा स्थान सुरक्षित गरेको हो । नेपाल र भुटानबीचको निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएको थियो ।
साविक विजेता भारतलाई हराउँदै बंगलादेश साफ यु–२० च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको हो । सोमबार भएको सेमिफाइनलमा बंगलादेशले भारतलाई टाई ब्रेकरमा पराजित ग-यो । बंगलादेशले उपाधिका लागि नेपालसँग खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया