‘नाडा अटो शो-२०२४’ मा महालक्ष्मी विकास बैंकको सहभागिता

लोकपथ
84
Shares

काठमाडौं । काठमाडौं  भृकुटीमण्डपमा सञ्चालन भइरहेको १६औँ संस्करणको ‘नाडा अटो शो २०२४’मा महालक्ष्मी विकास बैंकले सहभागिता जनाएको छ । 

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा प्रत्येक वर्ष आयोजना हुँदै आएको अटो शोमा विकास बैंकहरुमा महालक्ष्मी विकास बैंकले एक मात्र विकास बैंकको रुपमा सहभागिता जनाएको हो । 

बैंकको अनुसार गाडी खरिद गर्दा आवश्यक पर्ने कर्जा सम्बन्धमा परामर्श दिने, सहजीकरण तथा समन्वय गर्ने कार्य बैंकले गर्नेछ । हाल विकास बैंकहरुमा सबै भन्दा सस्तो ब्याजदरमा सवारी कर्जा प्रदान गरिरहेको यस बैंकले ९.९९ प्रतिशतमै सवारी कर्जा प्रदान गर्नेछ । 

महालक्ष्मी विकास बैंक मार्फत सवारी कर्जा लिन चाहाने ग्राहकहरूले स्टल नं.इ३३ मा सम्पर्क गर्नसक्ने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?