काठमाडौं । रोल्पामा ४ जनामा हैजा संक्रमण पुष्टि भएको छ ।
जिल्लाको रोल्पा नगरपालिका–१० थवाङका ४ जनामा हैजा संक्रमण पुष्टि भएको लुम्बिनी प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवलका निर्देशक राजेशकुमार गुप्ताले जानकारी दिए ।
उनका अनुसार संक्रमित हुनेमा ८०, २६ र १८ वर्षका तीन महिला र ८ वर्षका बालक छन् ।
त्यससँगै देशभर हैजा संक्रमण पुष्टि हुनेको संख्या ७१ पुगेको छ ।
ललितपुरमा ४७ काठमाडौंमा नौ, कैलालीमा आठ, प्यूठानमा दुई र मकवानपुरमा एकमा जनामा यसअघि नै संक्रमण पुष्टि भएको थियो ।
हैजाको प्रमुख कारण पानी र खानालाई लिने गरिन्छ । बर्खायाम सुरु भएँसँगै हैजाको जोखिम बढेको र सावधानी अपनाउनका लागि चिकित्सकहरुले आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया