पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

लोकपथ
0
Shares
फाइल तस्बिर

जुम्ला । अविरल वर्षाले पहिरो खस्दा कर्णाली राजमार्गमा यातायात सञ्चालन अवरुद्ध  भएको छ । सुर्खेत–जुम्ला सडकअन्तर्गत कालिकोटको गगनेखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए ।

उनले पहिरो पन्छाउने काम भइरहेको बताए  । वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालिकोट खण्डको दहीखोला, गगनेखोला, एसमोडमा बारम्बार पहिरो जाने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?