काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ ।
बुधबार छापावाला सुनको मूल्य तोलामा १ लाख ५३ हजार १ सय रहेको थियो । आज सुनको मूल्य तोलामा १ सय वृद्धि भइ १ लाख ५३ हजार २ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जुन हालसम्मकै उच्च मूल्य हो । त्यसो त गत भदौ ६ गते सुनको मूल्य तोलामा १ लाख ५३ हजार कायम भइ नयाँ रेकर्ड बनाएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य तोलामा १ हजार ८ सय ३० कायम भइ कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन चाँदीको मूल्य १ हजार ८ सय ५५ रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया