पोखरा बजार अनुगमन टोलीले खाद्य स्टोरलाई तिरायो एक लाख जरिवाना

लोकपथ
63
Shares

कास्की । जिल्ला प्रशासन कार्यालय कास्कीले सगरमाथा एग्रो प्याकेजिङ स्टोरलाई एक लाख जरिवाना तिराएको छ ।

पोखरा महानगरपालिका–५ मा अवस्थित उक्त स्टोरलाई बुधबार चाडपर्वलक्षित बजार अनुगमन टोलीले मूल्यसूची नराखी जथाभावी सामान बिक्री वितरण गरेको भन्दै एक लाख जरिवाना तिराएको हाे ।

उपभोक्ताको गुनासो पछि बजार अनुगमन टोली उक्त खाद्य स्टोरमा अनुगमनको लागि गएको थियो । सो क्रममा उपभोक्ता संरक्षण ऐन विपरीत कुसर गरेकाले पसल सञ्चालकलाई जरिवाना र अखाद्य सामग्री जफत गरेको सहायक प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले बताएका छन् ।

अनुगमनको क्रममा उद्योगबाट म्याद गएको र लेवल नभएका ५५ हजार आठ सय ९२ मूल्य बराबरकाे सामान जफत गरी नष्ट गरेको हो ।

म्याद गुज्रिएर जफत गरिएका सामग्रीमा अलैँची १६ केजी, चक्रचिप्स १९ केजी, पिप्ला आठ केजी, मेथीपत्ता चार बट्टा, पास्ता एक केजी, ओखर १६ केजी र अन्य तिललगायत मसला पाँच केजी रहेको छ ।

यसैगरी स्टोरमा मूल्यसूची नराखी जथाभावी सामान बिक्री वितरण गरेको पाइएपछि सम्पूर्ण कागजातसहित तीन दिनभित्र जिल्ला प्रशासन कार्यालयमा हाजिर हुन समितिले निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?