काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै जिल्लामा कभर्डहलको विस्तार गर्नुपर्ने बताएका छन् ।
बिहीबार काभा महिला भलिबल प्रतियोगितामा पदक जित्ने खेलाडीहरुलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खेलाडीहरुलाई सिक्नको लागि कभर्डहल हुनुपर्ने बताएका हुन् ।
उनले भने, ‘हाम्रा खेलाडी छोरीहरुले राम्रो खेल प्रदर्शन गरेका छन् । उत्कृष्टता देखाएका छन् । नेपाललाई विश्वमा चिनाएका छन् यो धेरै ठुलो कुरा हो । हामीले नयाँ चिन्हहरु स्थापना गर्दै अगाडि बढ्नुपर्छ । कुनै एउटा उचाइ छोएपछि सन्तुष्ट भइहाल्नु हुँदैन । थप उचाइ छुनको लागि हामीलाई अनुकूलता र सिक्नको लागि कहाँ सिक्ने उचित वातावरण चाहिन्छ । खेलाडी टिमले नै भनेका थिए कि लगातार सिक्नको लागि कभर्डहल आवश्यक छ । हरेक मौसममा पनि सिक्नका लागि कभर्डहल आवश्यक छ तर कभर्डहल छैन ।’
साथै उनले काठमाडौंमा मात्र होइन सबै प्रदेशमा कभर्डहल हुन जरुरी रहेको बताए । उनले जिल्ला जिल्लामा कभर्डहल बने जुन ठाउँमा छ त्यहीँ ठाउँ बसेर सिक्ने सकिने बताए ।
साथै उनले दशरथ रंगशालाको खेल मैदान सबैभन्दा बढी बिग्रेको बताए । उनले दशरथ रंगशाला जस्तो बिग्रेको मैदान कतै नदेखेको जिकिर गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया