कुमारी बैंक र र्‍याडिसन होटलबीच सम्झौता

लोकपथ
77
Shares

काठमाडौं । कुमारी बैंक लिमिटेड र र्‍याडिसन होटलबीच सम्झौता भएको छ । कुमारी बैंकका डेबिट कार्ड तथा क्रेडिट कार्डका प्रयोगकर्ताहरुलाई होटेलबाट प्रदान गरिने विभिन्न सेवा तथा सुविधाहरूमा आकर्षक छुट प्रदान गर्ने सम्बन्धनमा सम्झौता भएको हो ।

सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोगकर्ताले र्‍याडिसन होटेल बाट प्रदान गरिने खाद्य तथा पेय पदार्थमा १५%, पेस्ट्री सपमा १०%, फिटनेस सम्बन्धी सेवामा २०%, ट्रानक्विलिटी स्पा तथा एयरपोर्ट रेष्टुरेन्ट सेवामा १५% र केकहरुमा १०% छुट प्राप्त गर्न बैंकले जनाएको छ । 

साथै यस सुविधाबाट बैंकका सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै होटेलबाट प्रदान गरिने सेवा सुविधाहरू सहुलियतदारमा प्राप्त गर्न सक्नेमा बैंक विश्वस्त पनि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?