काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले ज्यानु बसन्त राज मिश्र फाउन्डेसन ले प्रतिभाहरुको सम्मान गरेर ऐतिहासिक काम गरेको बताएका छन् ।
त्यस्तै संस्थाले महत्त्वपूर्ण विषय र विभागहरुलाई आफ्नो ठाउँबाट झक्झक्याएर सहयोग गरेको भन्दै प्रशंसा पनि गरे ।
बिहीबार ज्यानु बसन्त राज मिश्र फाउन्डेसन समाजिक प्रतिभा सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुरस्कार प्रदानले सबैमा प्रतिभा झन झल्किरहेको बताए ।
उनले भने, ‘संस्थाले असाध्यै समसामयिक अति महत्त्वपूर्ण विषय र विभागहरू जोडेको छ । मुलुकमा धेरै कुराको आवश्यकता छ र ती आवश्यक्ताहरुलाई पूरा गर्न संस्थाले बेला बेला झक्झक्याईरहेको छ । यसले संस्थाको महत्त्व झल्किने छ ।’
साथै उनले नेपालको पर्यटन क्षेत्रको विकासमा यस्ता निजी क्षेत्रहरुले महत्त्वपूर्ण भूमिका खेलेको बताए । उनले यो क्षेत्रको विकासमा नेपाल सरकारको सहयोग भन्दा पनि निजी क्षेत्रमा लागेका विज्ञहरु र व्यवसायीहरूले पर्यटन क्षेत्रलाई अगाडि बढाएको जिकिर गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया