महालक्ष्मी विकास बैंक र पायोनियर मोटो कर्पबीच समझदारी

लोकपथ
42
Shares

काठमाडौं । महालक्ष्मी विकास बैंक र पायोनियर मोटो कर्प प्रा.लि. बीच निसान ब्रान्डका गाडी खरिद गर्ने ग्राहकहरुलाई बैंकबाट ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने समझदारी भएको छ ।

महालक्ष्मी विकास बैंक र नेपालका लागि निसान गाडीको आयातकर्ता पायोनियर मोटो कर्पबीच उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

उक्त सम्झौता अनुसार निसान ब्रान्डका गाडी खरिद गर्न इच्छुक ग्राहकहरुले महालक्ष्मी विकास बैंकमा ९.९९ प्रतिशतमै कर्जा पाउनेछन् । विद्युतीय गाडीको हकमा अधिकतम ५ वर्ष अवधि रहने गरी भ्याट बिल वा कोटेशन मुल्यको ८० प्रतिशत, जुन कम हुन्छ, सो बराबरको कर्जा र विद्युतीय बाहेकको अन्य गाडीमा अधिकतम ८ वर्ष अवधि रहने गरी भ्याट बिल वा कोटेशन मुल्यको ५० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा बैंकले प्रदान गर्नेछ ।

कर्जा लिन चाहने ग्राहकहरुले बैंकको आधिकारिक वेबसाइट, सामाजिक सञ्जालहरु, सम्पुर्ण शाखा कार्यालयहरु तथा पत्रपत्रिकामा रहेको क्युआर कोड स्क्यान गरेरसमेत आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?