काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी–२० खेलेको खेलाडीहरुलाई जनही ३ लाखका दरले दिने निर्णय गरेको छ ।
आज बसेको क्यान कार्यसमितिको बैठकले खेलाडीलाई ३ लाख दिनेसहित ९ निर्णयहरु गरेको हो ।
त्यस्तै क्यानले विश्वकपमा सहभागि खेलाडीसहित मुख्य प्रशिक्षकलाई ३ लाख र सपोर्ट स्टाफहरुलाई जनही १ लाख ५० हजारका दरले दिने निर्णय गरेको हो ।
‘हालै वेस्ट ईन्डिज र अमेरिकामा सम्पन्न ICC men’s T-20 Worldcup मा उत्कृष्ट गर्न सफल राष्ट्रिय क्रिकेट टोलीमा समावेश खेलाडीहरु र मुख्य प्रशिक्षकलाई जनही रु. ३ लाखका दरले तथा अन्य सपोर्ट स्टाफलाई जनही रु. १ लाख ५० हजारका दरले प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरियो,’ क्यानले जारी विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै क्यानले वार्षिक साधारण सभा आगामी असोज ११ र १२ गते पोखरामा गर्ने निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया