माछापुच्छ्रे बैंक र बिग मार्टबीच सम्झौता

लोकपथ
35
Shares

काठमाडौं । माछापुच्छ्रे बैंक र बिग मार्टबीच डिजिटल कारोबारलाई प्रर्वधन तथा प्रोत्साहन गर्ने उद्देश्यले डिजिटल माध्यममा सम्झौता भएको छ ।

माछापुच्छ्रे बैंक र बिग मार्टबीच बैंकका ग्राहकहरुले बैंकले उपल्बध गराएको विभिन्न डिजिटल माध्यमहरु प्रयोग गरी बिग मार्टबाट सामान खरिद गर्दा आर्कषक सुविधाहरु पाउने सम्बन्धमा सम्झौता भएको हो ।

सम्झौता पश्चात देश भरि रहेका बिग मार्ट आउटलेटहरुबाट बैंकका ग्राहकहरुले बैंकले उपल्बध गराएका विीभन्न डिजिटल माध्यमहरु प्रयोग गरी सामान खरिद गर्दा आर्कषक सुविधाहरु पाउने बैंकले जनाएको छ ।

यसको साथै बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै हरेक सोमबार बैंकको डेबिड वा क्रेडिट कार्डको प्रयोग गरी पिओएसबाट बिग मार्टमा पेमेन्ट गर्दा एक पटकमा १० प्रतिशत वा बढीमा रु. २०० सम्मको क्यासब्याक पनि प्रदान गर्नेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?