हिजो नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज के भयो ?

लोकपथ
364
Shares

काठमाडौं । बिहीबार नयाँ रेकर्ड कायम गरेको सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ ।

हिजो प्रतितोला छापावाला सुनको मूल्य १ लाख ५३ हजार २ सय रहेको थियो । जुन हालसम्मकै उच्च मूल्य थियो ।

आज उक्त मूल्य तोलामा ३ सयले गिरावट आइ १ लाख ५२ हजार ९ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्यमा १० रुपैयाँले गिरावट आएको छ । बिहीबार सुनको मूल्य १ हजार ८ सय ३० रहेकामा आज मूल्य गिरावट आइ १ हजार ८ सय २० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?