काठमाडौं । नेपाली कांग्रेसको कानुन विभागमा १० सदस्यहरु मनोनित भएका छन् ।
सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५ को उपधारा (९) बमोजिम कानुन विभागमा सदस्यहरु मनोनित गरेका हुन् ।
जसअनुसार शिवराज पाण्डे ( कञ्चनपुर), कमलबहादुर खत्री (सुर्खेत), दुर्गाबहादुर सुनार (कास्की), दिपकबहादुर गौतम (दाङ), धु्रव श्रेष्ठ (सुर्खेत), रामचन्द्र गौतम (रुकुमपश्चिम), खिल गिरी (धादिङ), मन्दिरा शर्मा (काभ्रेपलाञ्चोक), अनिलकुमार कर्ण (धनुषा) र शोभा घिमिरे (संखुवासभा) रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया