काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले उर्जा निर्यात गर्ने उद्देश्य पूरा गर्न बाधक हुने कानुनहरू संशोधन गरेर अगाडि बढ्नुपर्ने बताएका छन् ।
शुक्रबार विधायन व्यवस्थापन समितिमा भएको नवीकरणीय उर्जा तथा दक्षता सम्बन्धी विधेयक, २०८१ मा सैद्धान्तिक छलफलमा उनले आन्तरिक आवश्यकतालाई परिपूर्ति गर्नुको साथै सोही उत्पादनलाई निर्यात गरेर आयआर्जन गरेर मुलुकलाई समृद्ध बनाउने लक्ष्य सरकारको रहेको भन्दै यो काम पूरा गर्न आवश्यक पर्ने कानुनहरूको संशोधन हुनुपर्ने बताए ।
उनले भने, ‘हाम्रा आन्तरिक आवश्यकतालाई परिपूर्ति गर्नुका साथै उत्पादनलाई निर्यात एवं विक्री गरेर, आयआर्जनमार्फत मुलुकलाई समृद्ध बनाउने लक्ष्य छ । यो हामी सबैको साझा दायित्व, सोच र चिन्तन हो । यो काम गर्नका लागि आवश्यक पर्ने कानुनहरूको संशोधन, परिमार्जित र व्यवस्थन गर्न आवश्यक छ । आन्तरिक आवश्यकता पूरा भएपश्चात निर्यात गर्ने उद्देश्यमा बाधक हुने कानुनहरू संशोधन गरेर अगाडि बढ्ने हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया