यी हुन् नेपाल प्रिमियर लिग खेल्ने आठ फ्रेन्चाइज टोली (सूचीसहित)

लोकपथ
357
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो संस्करणमा सहभागी हुने आठ फ्रेन्चाइज टोलीको नाम सार्वजनिक गरेको छ । 

नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार एक विज्ञप्ति जारी गर्दै मंसिर १५ देखि पुस ६ सम्म काठमाडौंमा हुने भनिएको प्रतियोगितामा सहभागी हुने टोलीको निश्चित गर्दै नामावली सार्वजनिक गरिएको छ । 

एनपिएलमा प्रतिस्पर्धा गर्ने टोलीहरुमा विराटनगर, जनकपुर, चितवन, काठमाडौं, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम रहेका छन् । 

क्यानले केही दिनअघि एनपीएल आयोजना मिति र लोगो सार्वजनिक गरे पनि सहभागी टोली नाम र संख्या टुंगो लगाएको थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?