कृषि हाटबजारका भौतिक संरचना अलपत्र

लोकपथ
28
Shares

कैलाली ।  सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा निर्माण गरिएका कृषि हाटबजारका भौतिक संरचना अलपत्र परेका छन् ।

गौरिगंगा नगरपालिका–९ स्थित कृषि उपज संकलन, घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको कृषि बजार व्यवस्थापन समिति, बर्दगोरिया–५ स्थित प्रगतिशील हाटबजार, लम्कीचुहा नगरपालिका–८ गोपिकास्थित हाटबजार तथा सांस्कृतिक संरक्षण समिति र टीकापुर नगरपालिका–१ स्थित कृषि बजार व्यवस्थापन समितिका नाममा बनाइएका कृषि हाटबजारका भौतिक संरचना अलपत्र परेका हुन् । 

प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको अनुदानमा कृषि ज्ञान केन्द्रले उपभोक्ता समितिमार्फत आर्थिक वर्ष २०७६/७७ मा निर्माण गरिएका कृषि हाटबजारका भौतिक संरचना प्रयोगविहीन बनेको प्रदेशसभा सार्वजनिक लेखा समितिले जनाएको छ । 

लेखा समितिले गत साता कैलालीका पाँच वटा स्थानीय तहमा निर्माण गरिएका हाटबजारको स्थलगत अनुगमन गर्दा प्रयोगविहीन अवस्थामा रहेको पाइएको समितिका सदस्य अक्कलबहादुर रावलले बताए । 

कृषि बजार व्यवस्थापनका लागि निर्माण गरिएका हाटबजारका भौतिक संरचना आवश्यकता र औचित्यका आधारमा सञ्चालनमा नआउँदा संरचना जीर्ण बन्दै गएको उनको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?