काठमाडौं । जापानमा आएको शक्तिशाली आँधीका कारण शनिबार पनि उडान तथा रेलसेवा अवरुद्ध जारी रहेको छ ।
सानसान दशकौँको अन्तरालमा जापानमा आएको सबैभन्दा भयानक आँधी हो जुन बिहीबार क्युसु टापुमा अवतरण भएको थियो । सुरुवाती समयमा २५२ किलोमिटर प्रति घण्टाको दरमा वहेको उक्त आँधीको गति पछिल्लो समयमा ९० किलोमिटर प्रति घण्टामा झरेको फायर एण्ड डिजास्टर म्यानेजमेन्ट एजेन्सीले जनाइएको छ ।
फायर एण्ड डिजास्टर म्यानेजमेन्ट एजेन्सीका अनुसार आँधीका कारण समाचार तयार पार्दा सम्म कम्तीमा ६ जनाको मृत्यु भएको भने १२० जनाभन्दा बढी घाइते भएका छन् ।
एजेन्सीका अनुसार पछिल्लो समयमा आँधीको गति घटेसँगै ‘डाउनग्रेड’ गरिएको सानसान शनिबार पश्चिमी क्षेत्रबाट पूर्वतिर सर्दै गएको छ ।
आँधीको गति घटे पनि प्रभाव कायम रहेकाले एएनए र जापान एयरलाइन्सले शनिबारका लागि करिब ६० वटा आन्तरिक उडानहरू रद्द गर्दा करिब सात यात्रुहरू प्रभावित भएका छन् । यसै गरी बाढीको कारण देखाउँदै मध्य सहर नागोयामा सिकाङ्नसेन बुलेट ट्रेनहरू पनि स्थगित गरिएको थियो ।
जापान मौसम विज्ञान एजेन्सीले बाढी पहिरो तथा नदीमा पानीको उच्च बहावको अनुमान गरी चेतावनी जारी राखेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया