विभिन्न माग राखेर न्याय परिषद्मा बारको धर्ना

लोकपथ
42
Shares

काठमाडौं । नेपाल बार एशोसियशनले न्याय परिषद्मा धर्ना दिएको छ ।

आइतबार मध्यान्न विभिन्न माग राखेर न्याय परिषद् परिसरमा धर्ना दिएको हो ।

बारका अध्यक्ष गोपालकृष्ण घिमिरेको अगुवाइमा भएको धर्नामा निष्पक्ष न्यायाधीश नियुक्ति, न्याय परिषद् नियमावलीको संधोधन खारेज गर्न माग गरिएको छ ।

त्यस्तै न्यायालयमा भइरहेको भ्रष्टाचार र विसंगतीको अन्त्यको समेत बारको माग रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?