जर्मनीको प्रस्तावित राजदूत शैलको योजना : रोजगारीको वातावरणदेखि प्रविधि हस्तान्तरणसम्म

लोकपथ
63
Shares

काठमाडौं । नेपालका लागि जर्मनीका राजदूतमा सिफारिस डा. शैल रुपाखेतीले आफ्नो कार्ययोजना प्रस्तुत गरेका छन् ।

आइतबार सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको बैठकमा कार्ययोजना पेस गर्दै १९ पृष्ठमा आफ्ना योजना सुनाएका हुन् ।

डा. रुपाखेतीले आफू राजदूत पदमा नियुक्त भए आर्थिक, कूटनीति, निर्यात प्रवर्द्धन, लगानी प्रवर्द्धन प्रविधि हस्तान्तरण लगायतमा कामहरु गर्ने प्रतिबद्धता जनाए ।

त्यस्तै उनले जर्मनमा रहेको उर्जासम्बन्धी नयाँ प्रविधि भित्र्याउनका लागि पहल गर्ने योजना सुनाए । साथै जर्मनी नेपालको रोजगारीको आकर्षक गन्तव्य रहेको बताउँदै आगामी दिनमा रोजगारीको लागि थप वातावरण सिर्जना गर्न भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?