दोहोरो अंकले घट्यो शेयर बजार, २७ सय बिन्दुबाट झर्यो नेप्से

लोकपथ
63
Shares

काठमाडौं । पछिल्ला केही दिनदेखि ओरालो लागेको धितोपत्र बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज पनि घटेको छ ।

साताको पहिलो कारोबार दिन आज शेयर बजार ५३ दशमलव ६३ अंकले घटेको छ । १ दशमलव ९५ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २ हजार ६ सय ९५ बिन्दुमा आइपुगेको छ ।

त्यस्तै आज कारोबार रकम पनि खुम्चिएको छ । आज कुल करोड ६२ लाख ४६ हजार ४ सय ३५ कित्ता शेयर १० अर्ब ५१ करोड ७६ लाख ८२ हजार ३ सय ४९ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

त्यस्तै आज सुपर माइ हाइड्रोपावर, हिमालय पावर पार्टनर लिमिटेड, कुटेली भुकारी साना जलविद्युत आयोजना, सानिमा लार्ज क्यापिटल लिमिटेड लगायतका लगानीकर्ताहरुले धेरै कमाएका छन् । साथै पिपुल्स हाइड्रोपावर, माइखोला हाइड्रोपावर थ्री स्टार हाइड्रोपावर लगायत कम्पनीका लगानीकर्ताहरुले धेरै गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?