कुमारी बैंक र श्री एयरलाइन्सबीच सम्झौता

लोकपथ
77
Shares

काठमाडौं । कुमारी बैंक लिमिटेड र श्री एयरलाइन्सबीच सम्झौता भएको छ । कुमारी बैंकका ग्राहक र उनीहरूको परिवारका सदस्यहरूलाई श्री एयरलाइन्सबाट यात्रा गर्दा लाग्ने टिकट शुल्कमा आर्कषक छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो ।

यस सम्झौता अनुसार श्री एयरलाइन्सका काउण्टरहरुबाट कुमारी बैंकका ग्राहक र उनीहरूका परिवारका सदस्यहरू (बुवा, आमा, श्रीमती र छोरा/छोरी) को लागि टिकट खरिद गरि कुमारी बैंककै डेबिट/क्रेडिट कार्ड, मोवाइल बैकिङ सेवाबाट रकम भुक्तानी गर्दा ५०० छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?