काठमाडौं । जननायक बीपी कोइराला स्मृति ट्रष्टले प्रत्येक वर्ष बीपी जन्मजयन्तीका अवसरमा बीपी कोइराला स्मृति साहित्य सम्मान पुरस्कार र बीपी कोइराला स्मृति प्रजातन्त्र सेनानी सम्मान पुरस्कार प्रदान गर्दै आएको छ ।
यस वर्ष १११औँ बीपी जन्मजयन्ती २०८१ को बीपी साहित्य सम्मान पुरस्कार, वरिष्ठ साहित्यकार द्वारिका श्रेष्ठ (वर्ष ८९, काठमाडौं) लाई प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारको राशि नगद एक लाख एक हजार तथा सम्मान पत्र रहेको छ ।
यस्तै वर्ष २०८१ को बीपी सेनानी सम्मान पुरस्कार, प्रजातन्त्र स्थापनाको संर्घषमा महत्त्वपूर्ण योगदान पुर्याउने भोजराज भण्डारी (वर्ष ९०, कास्की)लाई प्रदान गर्ने निर्णय गरेको छ । यस पुरस्कारको राशि नगद ५१ हजार तथा सम्मान पत्र रहेको छ ।
यी दुवै पुरस्कार जननायक बीपी कोइराला स्मृति ट्रष्टको कार्यसमितिको निर्णयबाट प्रदान गरिएको हो । दुवै सम्मान पुरस्कारहरू राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमायही भाद्र २४ गते सोमबार राष्ट्रपति कार्यालय, शितलनिवासमा प्रदान गरिने भएको हो । गत वर्ष २०८० को साहित्य सम्मान डा.राजेन्द्र विमल (जनकपुर) र प्रजातन्त्र सेनानी सम्मान डिल्लीरमण शर्मा वर्ष ९२, रुपन्देही) लाई प्रदान गरिएको थियो । उक्त सम्मान पुरस्कार बीपी ट्रष्टले जननायक बीपी कोइरालाको शत वार्षिक वर्ष २०७१ बाट निरन्तर प्रदान गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया