बालश्रम शोषण गर्ने प्रदेश सांसदलाई जोगाएको भन्दै ओलीमाथि खनिए बालेन

लोकपथ
280
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि खनिएका छन् ।

बाल श्रम शोषणा गर्ने प्रदेश सांसद रेखा शर्माले विगत ८ वर्षदेखि नाबालिकालाई श्रम शोषण गरेको भन्दै महानगरको टोलीले ती बालिकाको उद्धार गरेको थियो ।

तर एमाले प्रदेश सभा सदस्य भएको भन्दै प्रधानमन्त्री ओलीले जोगाएको आरोप बालेनको रहेको छ । उनले सामाजिक सञ्जालमा लेख्दै अदालतले समेत मुद्दा चलाउ भन्दा मुद्दा नचलाइएको भन्दै ओलीमाथि कटाक्ष गरेका हुन् ।

उनले शर्माको तस्बिर सार्वजनिक गर्दै भनेका छन्, ‘वहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा , वहाँले बिगत ८ वर्ष देखी बन्दी बनाएर , एक जना नबालिकालाई घरेलु कामदार को नाममा हिंसा गर्दै आउनु भएको छ, दैनिक रूप मा कुटपिट गर्दै आउनु भएको छ । काठमाडौं महानगर ले बिगत २ महिना देखी कारबाही अगाडी बढाउनु भन्दा पनि यो सरकार ले समाएको छैन । अदालतले पनि मुद्दा चलाउ भनेर भनी सकेको छ । सम्माननिय प्रधानमन्त्री खड्ग प्रसाद ओली ज्यु, सुशासन भनेको अदालतले नि समाउ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समाउन लाई भन्दछ । सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्यु पछि गोहिको आँसु चुहाएर फेसबुकमा समवेदना दिदै एक लाख घोषणा गर्नु नै होला । कहिले समाउने ?? कि नसमाउने ??

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?