देउवालाई विश्वप्रकाशको सुझाव– ‘अब तपाईँ प्रधानमन्त्री बन्ने रहर नगर्नुस्’

लोकपथ
343
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीै सभापति शेरबहादुर देउवालाई अब प्रधानमन्त्री नबन्न आग्रह गरेका छन् ।

जारी केन्द्रीय समितिको आजको बैठकमा बोल्दै महामन्त्री शर्माले विभिन्न नेताहरुको नाम लिँदै उनीहरुमध्येबाट एक व्यक्तिलाई प्रधानमन्त्री बनाउने सुझाव दिए ।

उनले नेताहरु डा.शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, डा शशांक कोइराला र अर्जुननरसिंह केसीमध्ये एकलाई प्रधानमन्त्री बनाउन सुझाव दिए ।

‘उहाँहरु मध्ये कसैलाई पनि हामीले प्रधानमन्त्री बनायौं भने – एक, सभापतिको त्याग देखिन्छ । दुई, उहाँको समकालीन कोही नेतालाई न्याय र कदर हुन्छ । तीन, तब ०८४ पछि हामी नयाँ अनुहारमा पुग्नेछौं’, शर्माको प्रस्ताव थियो ।

त्यस्तै सभापति शेरबहादुर देउवाले महामन्त्री शर्माको भनाइप्रति खरो टिप्पणी गरेका छन् । उनले महामन्त्री शर्माले भनेर प्रधानमन्त्री बन्ने वा नबन्ने निर्णय नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?