कांग्रेसले असोज १ गतेबाट १०० दिने सांगठनिक अभियान चलाउने, यी हुन् निर्णयहरु (पूर्णपाठ)

लोकपथ
154
Shares

काठमाडौं । नेपाली कांग्रेसले संगठन सुधारका लागि १०० दिने सांगठनिक अभियान चलाउने भएको छ ।

आज सम्पन्न केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो ।

‘पार्टीको सबै तहका सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन, सदस्यता वितरण र नविकरण कार्यलाई तिव्रता दिन, विधान बमोजिम मातहतका कार्यसमितिले नियमित गर्नुपर्ने बैठक, सम्मेलन, अभिमूमिकरण, कार्यतालिका निर्माण लगायतका कार्य समयमै गर्न गराउन, अभिलेखिकरण र अभियानलाई चुस्त र प्रभावकारी बनाउन, पार्टी (जनप्रतिनिधिसँगको समन्वय र सहजीकरण संयन्त्रलाई नियमित र व्यवस्थित लगायतका सांगठनिक कार्यमा केन्द्रीत भई पार्टीले २०८१ असोज १ गतेदेखि पौष १० गतेसम्म १०० दिने विशेष सांगठनिक अभियान संचालन गर्ने,’ जारी विज्ञप्तिमा भनिएको छ ।

गत साउन २३ गतेबाट सुरु भएको केन्द्रीय समिति बैठक आज सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?